प्राधिकरण र जल उर्जा प्रालिबीच विद्युत् खरिद सम्झौता, ३ वर्षभित्र आयोजना निर्माण

<p>काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र जल ऊर्जा प्रालिबीच विद्युत् खरीद-बिक्री सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र प्रवद्र्वकका तर्फबाट प्रमुख कार्यकारी निर्देशक अभयराज जोशीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । दार्चुलाको मार्मा गाउँपालिकास्थित नौगढगाड खोलामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता एक [&hellip;]</p>

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र जल ऊर्जा प्रालिबीच विद्युत् खरीद-बिक्री सम्झौतामा हस्ताक्षर भएको छ ।

प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र प्रवद्र्वकका तर्फबाट प्रमुख कार्यकारी निर्देशक अभयराज जोशीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

दार्चुलाको मार्मा गाउँपालिकास्थित नौगढगाड खोलामा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता एक मेगावाट रहेको छ । सम्झौताअनुसार आयोजनाको निर्माण आगामी ३ वर्षभित्र सम्पन्न गरिनेछ । आयोजनाको लागत २० करोड छ ।

आयोजनामा लगानी प्रवद्र्वक, बैंक तथा वित्तीय संस्था र स्थानीयको रहनेछ । आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको बलाच सबस्टेशनमा जोडिनेछ ।

Share News