
काठमाडौं । ईँटाभटा व्यवस्थित रुपमा सञ्चालन हुन नसकेकोमा भक्तपुरको चाँंगुनारायण नगरपालिकाले चिन्ता व्यक्त गरेको छ ।नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा ईँटाभटालाई धुवाधुलोरहित रुपमा सञ्चालन गर्न व्यवसायीसँंग अनुरोध गरिएको छ ।
भक्तपुर ईट्टा उद्योग व्यवसायी संघ र चाँगुनारायण नगरपालिकाबीच भएको अन्तरक्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले ईँटाभटालाई धुवाधुलो न्युनीकरण गरी व्यवस्थित रुपमा सञ्चालन गर्न अनुरोध गरे ।
पुननिर्माणको लागि नभई नहुने इटा उत्पादन गर्ने स्वदेशी उद्योगको प्रबद्धर्नमा उनले विशेष चिन्ता व्यक्त गरे । वर्षेनी विदेशबाट निर्माण सामाग्री आयात गर्नुपर्ने बाध्यता रहेको तर नेपाली सामान विदेश निर्यात हुन नसकी व्यापार घाटा वढ्दै गएको बेला इटामा नेपाल आत्मनिर्भर रहेकोमा उनले खुशी साटे ।
प्रमुख मिश्रले ईट्टा उद्योगीव्यवसायीलाई वातावरणमैत्री ईट्टा उद्योग संचालनगर्न अनुरोधका साथ अन्य वैकल्पिक व्यवसाय गर्न सुझाए । ईट्टा उद्योगीव्यवसायीहरुसंग ईट्टा व्यवसाय संचालन गर्दाका कार्यविधि, मापदण्ड र प्रदुषण नियन्त्रणको व्यवस्था विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख मिश्रले नगर क्षेत्रभित्र ईट्टा उद्योग संचालन गर्दा नगरपालिका र व्यवसायबीच भएको सम्झौता अनुसार कार्य गर्न सल्लाह दिए ।
सो अवसरमा इसिइसिपिका इन्ष्ट्रक्टर अर्जुन भट्टले चाइनिज प्रविधिमार्पmत प्रदुषणमुक्त अत्याधुनिक ईट्टा उद्योग संचालन गर्न सकिने भएकोले सो प्रविधिबारे जानकारी गराए । साथै हालको विकसित प्रविधि जिक ज्याक प्रविधि दक्षिण एसियामा उपयुक्त भएको पनि जानकारी गराइयो ।
भक्तपुर इटा व्यवसायी संघका पूर्व अध्यक्ष एवं सल्लाहकार विश्वराम कवाँले इटाभटा व्यवसालाई व्यवस्थित रुपमा सञ्चालन गर्न गरेको नगरपालिकाको चासोप्रति कृतज्ञता व्यक्त गरे । उनले व्यवसायीहरु नगरपालिकाको सल्लाहसुझाब अनुसार इटाभटालाई समायानुकुल व्यवस्थित रुपमा सञ्चालन गर्न तत्पर रहेको बताए ।
चाँंगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालबाट माटो कटान, माटो ढुवानी, काँचो ईट्टा ढुवानीमा नगरपालिकासंग ६ बुंदे सम्झौता भए बमोजिम कार्यान्वयन नभएको गुनासो गरे ।