परिना इन्टरनेशनल प्रालि भेनस ब्राण्डको आधिकारिक बिक्रेता नियुक्त

<p>काठमाडौँ । परिना इन्टरनेशनल प्रालि भारतको प्रख्यात कम्पनी भेनस इक्विपमेन्टको भेनस ब्राण्डका सम्पूर्ण उत्पादनहरुको नेपाल भरीको एकमात्र आधिकारिक बिक्रेता नियुक्त भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गरी परिना इन्टरनेशनलका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीपक आचार्यले आधिकारिक बिक्रेता नियुक्त भई बिक्री प्रारम्भ गरेको जानकारी दिए । गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने नारा सहित भेनस [&hellip;]</p>


काठमाडौँ । परिना इन्टरनेशनल प्रालि भारतको प्रख्यात कम्पनी भेनस इक्विपमेन्टको भेनस ब्राण्डका सम्पूर्ण उत्पादनहरुको नेपाल भरीको एकमात्र आधिकारिक बिक्रेता नियुक्त भएको छ ।

बिहीबार पत्रकार सम्मेलन आयोजना गरी परिना इन्टरनेशनलका अध्यक्ष तथा प्रबन्ध निर्देशक दीपक आचार्यले आधिकारिक बिक्रेता नियुक्त भई बिक्री प्रारम्भ गरेको जानकारी दिए ।

गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता भन्ने नारा सहित भेनस ब्राण्डका मेशिनहरु बिक्री भइरहेका छन् । उक्त मेशिनहरु औद्योगिक प्रतिष्ठान, पुल, हाइड्रोपावर, लाइओभर, होटल, हस्पिटल लगायत सम्पूर्ण निर्माणमा उपयोगी हुनेछन् ।

भेनस ब्राण्डका उत्पादनहरु एक वर्षको वारेन्टी सहित स्पेयर पार्टस्हरु न्यूनतम मूल्यमा उपलब्ध गराउने परिना इन्टरनेशनल प्रालिले जनाएको छ ।

Share News