भ्यालेनटाइन डेको अवसरमा सिटी सेन्टरमा सामान किन्ने ग्राहकलाई विशेष छुट, कहिलेदेखि कहिलेसम्म ?

<p>काठमाडौं । काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले प्रणय दिवस भ्यालेनटाइन डे २०१९ लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । युवावर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा १५ रूपैयाँ पुरस्कार राशीको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ । त्यसैगरी, सिटी सेन्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की [&hellip;]</p>

काठमाडौं । काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले प्रणय दिवस भ्यालेनटाइन डे २०१९ लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । युवावर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा १५ रूपैयाँ पुरस्कार राशीको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ ।

त्यसैगरी, सिटी सेन्टरमा १ फ्रेवरीदेखि १४ फ्रेवरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएका एक जनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ । सिटी सेन्टर भित्र यस अवधिमा किनमेल गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था रहेको जानकारी व्यवस्थापन पक्षले दिएको छ । कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्क गेमहरुको साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरेको व्यहोरा विज्ञप्तीमा उल्लेख छ ।

Share News