एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले वारीवेनी पर्वतस्थित वारीवेनी शाखाको विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गरेका हुन् । मिति २०७५ वैशाख १९ गतेबाट कारोबार शुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरेका छन् । हाल बैंकले [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले वारीवेनी पर्वतस्थित वारीवेनी शाखाको विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गरेका हुन् ।

मिति २०७५ वैशाख १९ गतेबाट कारोबार शुरु भएको उक्त शाखाको उद्घाटन समारोहमा मल्लले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नाउपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरेका छन् ।

हाल बैंकले २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २१८ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ । कुल निक्षेप करिब १७५ अर्ब तथा कर्जा १४९ अर्ब रुपैयाँ पुगेको छ ।

Share News