कैलाश विकास बैंकको शाखा सिराहा बजारमा, शाखा संख्या ८७ पुग्याे

<p>काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले सिराहा जिल्लाको सिराहा बजारमा नयाँ शाखा स्थापना गरी आइतबारदेखि कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ सिराहा नगरपालिकाका मेयर अषेश्वरप्रसाद यादबले एक समारोहकाबीच गरेका छन् । बैंकको हालसम्म शाखा संख्या ८७ पुगेका छन् भने एटिएम संख्या ३२ पुगेका छन् । निकट भविष्यमा काठमाडौका बिभिन्न २ स्थान तथा देशका [&hellip;]</p>

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले सिराहा जिल्लाको सिराहा बजारमा नयाँ शाखा स्थापना गरी आइतबारदेखि कारोवार शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ सिराहा नगरपालिकाका मेयर अषेश्वरप्रसाद यादबले एक समारोहकाबीच गरेका छन् ।

बैंकको हालसम्म शाखा संख्या ८७ पुगेका छन् भने एटिएम संख्या ३२ पुगेका छन् । निकट भविष्यमा काठमाडौका बिभिन्न २ स्थान तथा देशका अन्य ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।

बैंकले अत्याधुनिकप्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Share News