२४ दिनपछि डा. गोविन्द केसीले तोडे अनसन

<p>काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन तोडेका छन् । उनले चिकित्सा शिक्षा विधेयक सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता गर्दै अनसन तोडेका हुन् । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर शुक्रबारबाट अनसन तोडेका हुन् । सरकारले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । साथै, प्रतिनिधिसभा [&hellip;]</p>

काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन तोडेका छन् । उनले चिकित्सा शिक्षा विधेयक सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता गर्दै अनसन तोडेका हुन् ।

केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर शुक्रबारबाट अनसन तोडेका हुन् ।

सरकारले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । साथै, प्रतिनिधिसभा र राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरिसकेकाले अनसन बस्नुको कुनै औचित्य नरहेको केसीले बताए ।

Share News