काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले जगशक्ति गोल्ड फी ५०० डी टीएमटी फलामे छड नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबारदेखि बजारमा उपलब्ध हुनेगरी छडलाई बजारमा ल्याएको हो ।
छडले प्राविधिक रुपमा निर्माण कार्य हुँदा कंक्रिटले अत्याधिक दबाब सहने क्षमता राख्ने कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालले बताए । छड भूकम्पछिको पुननिर्माणमा निकै उपयोगी हुने कम्पनीको विस्वास रहेको छ ।
कम्पनीले ब्राण्ड एम्बेस्डरको रुपमा कलाकार जोडी सिताराम कटेल र कुञ्जना घिमिरेलाई अनुबन्ध गरेको छ ।

