नूबियाले स्मार्टफोनको मूल्य घटायो, अब कतिमा पाइन्छ ?

<p>काठमाडौँ । नूबियाले नेपाली बजारमा लोकप्रिय मोबाइल फोनहरुको मूल्य घटाएको छ । नूबिया फोनको नेपालका लागि आधिकारिक बितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो । कम्पनीले जेड १७ मिनी स्मार्टफोनको मूल्य घटाउँदै रु.२३,०००/– कायम गरेको छ । [&hellip;]</p>


काठमाडौँ । नूबियाले नेपाली बजारमा लोकप्रिय मोबाइल फोनहरुको मूल्य घटाएको छ । नूबिया फोनको नेपालका लागि आधिकारिक बितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो ।

कम्पनीले जेड १७ मिनी स्मार्टफोनको मूल्य घटाउँदै रु.२३,०००/– कायम गरेको छ । यसअघि जेड १७ मिनीको पुरानो मूल्य रु.२४,५९०/– रहेको थियो । जेड १७ लाइटको मूल्यमा पनि रु.२,०००/– घटाउँदै नयाँ मूल्य रु.२६,५००/– कायम गरेको छ ।

नूबिया जेड १७ मिनी एसको नयाँ मूल्य रु. २८,०००/– रहेको छ । यसअघि यो स्मार्टफोनको पुरानो बजार मूल्य रु.२९,५००/– रहेको थियो । त्यसैगरी नूबिया भी १८ स्मार्टफोनको मूल्यमा रु.२,५००/– घटाएर नयाँ बजार मूल्य रु. २५,०००/– कायम गरेको छ । नूबियाका स्मार्टफोनहरुमा घटेको बजार मूल्यमा नै यी फोनहरु नेपालभर उपलब्ध रहेको आइटीपी नेपाल प्रालिले जनाएको छ ।

जेड १७ लाइट र जेड १७ मिनी एस स्मार्टफोनमा कम्पनीले स्न्यापड्रागन ६५३ प्रोसेसर राखेको छ भने यसमा ६जीबी र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । ड्यूल रियर क्यामरा भएका स्मार्टफोनहरुमा ३२०० एमएएचको ब्याट्री ब्याकअप तथा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ । ६ जीबी र्याम भएका यी स्मार्टफोनहरु नेपाली बजारमा सबैभन्दा सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Share News