चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने

<p>काठमाडौं। नेपाल चिकित्सक संघले डा. केसीको मागलाई वेवस्ता गरेको भन्दै माघ १८ गते शुक्रबार देशभरको स्वास्थ्य संस्था ठप्प गर्ने घोषणा गरेको छ। शुक्रबार आकस्मिक सेवा बाहेक सबै ठप्प हुने नेपाल चिकित्सक संघले जनाएको छ। संघले डा. गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघले गरेको रिले अनसनप्रति सरकारले गरेको वेवास्ताप्रति आपत्ति समेत जनाएको छ। आन्दोलनका कारण स्वास्थ्य [&hellip;]</p>

काठमाडौं। नेपाल चिकित्सक संघले डा. केसीको मागलाई वेवस्ता गरेको भन्दै माघ १८ गते शुक्रबार देशभरको स्वास्थ्य संस्था ठप्प गर्ने घोषणा गरेको छ।

शुक्रबार आकस्मिक सेवा बाहेक सबै ठप्प हुने नेपाल चिकित्सक संघले जनाएको छ।

संघले डा. गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघले गरेको रिले अनसनप्रति सरकारले गरेको वेवास्ताप्रति आपत्ति समेत जनाएको छ।

आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने नेपाल चिकित्सक संघको महासचिव डा. लोचन कार्कीले बताएका छन्।

Share News