
काठमाडौँ । ग्राहकहरुको खुसी र भावनाको कदर गर्दै आएको सर्वाधिक रुचाइएको प्रिय पेय पदार्थ कोका–कोलाले मःमःउत्सव अभियानको लागि टिभी कमर्सियल सार्वजनीक गरेको छ ।
यस वर्ष कोका–कोलाले विगत तीन वर्षको भन्दा भिन्न स्लोगनको साथ कोका–कोला मःमःउत्सव मनाउन लागेको हो । चाथौँ मःमःउत्सवका लागि स्लोगन “कोक र मःम पर्फेक्ट जोडी” रहेको छ । यस अभियानले उपभोक्ताहरुमा कोक र मःमका विभिन्न परिकारको मज्जा लिनुको साथै नयाँ अनुभव थप्नेछ ।
मःमः उत्सवको टिभीसीमा कोका–कोला नेपालकी ब्राण्ड एम्बेस्डर प्रियंका कार्कीपनि देखिएकी छिन् । प्रियंका प्रत्येक वर्ष मःमउत्सवमा सहभागी भएपनि पहिलो पटक टिभीसीमा नायक आयुष्मान देशराज जोशी र नायक आकाश श्रेष्ठसँग अभिनय गरेका हुन् ।
टिभी कमर्सियलको शुरुवातमा प्रियंका आयुष्मानसँग केहि कुरामा रिसाइरहेकी छिन् भने आयुष्मान उनीसँग माफी मागिरहेका छन् । रेस्टुरेन्टका मालिक आकाश ग्राहकहरुका लागि कोक र मःम सर्भ गर्न व्यस्त छन् ।
आकाशले प्रियंका र आयुष्मानलाई देख्छन् र कोक र मःम ल्याएर दिन्छन् तर, उनीहरुले कोक र मःमलाई टेबलबाट टाढा हटाउछन् । त्यसपछि मःमबाट निस्किएको बाफ बाहिर निस्किनुको सट्टा भित्र पस्छ । र कोकले पनि आशु खसाल्छ (कोकबाट आशु झरेको संकेत गर्छ) । यो देखेर आकाशले कोक र मःमलाई एकै ठाउमा ल्याएर राखीदिन्छन् । जसले गर्दा प्रियंका र आयुष्मानलाई नजीक ल्याउछ । उनीहरु खुसी हुँदै एकअर्कासँग कोक र मःम बाँडेर खान्छन् ।
यस अभियानको बारेमा बोल्दै नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “कोक र मःम एकसाथ खादा यसले खानाको मज्जा बढाएर पर्फेक्ट जोडी बनाउछ । हामीले विश्वव्यापी सोचलाई स्थानीय रुपान्तरण गर्ने प्रयत्न गरेका छौं र यस अभियान मार्फत मःमःसँग कोक खाँदा त्यसको स्वाद झन् बढ्ने विषयमा बताउन चाहान्छौँ ।