ज्योति लाइफ द अमेजिङ मोटर र्‍याली हुँदै, सबैभन्दा ढिलो पुग्ने विजेता

<p>काठमाडौं। ज्योति लाइफ द अमेजिङ मोटर र्&#x200d;याली २०१९&#8221; काठमाडौं-पोखरा यात्रा माघ १८ गटे शुक्रबार हुने भएको छ। केजिएच फाउन्डेसन र नेपाल अबुर्द रोग निवारण संस्थाले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेको हो। र्&#x200d;याली नेपाल टुरिजम बोर्ड, प्रदर्शनी मार्गबाट शुभारम्भ भई पोखराको बिन्दाबासनी मन्दिर चोक, पोखरा बाग्लुङ हाईवे हुँदै केजिएच हिमालय फ्रण्ट होटल सारङकोटमा पुगी सम्पन्न [&hellip;]</p>

काठमाडौं। ज्योति लाइफ द अमेजिङ मोटर र्‍याली २०१९” काठमाडौं-पोखरा यात्रा माघ १८ गटे शुक्रबार हुने भएको छ। केजिएच फाउन्डेसन र नेपाल अबुर्द रोग निवारण संस्थाले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेको हो। र्‍याली नेपाल टुरिजम बोर्ड, प्रदर्शनी मार्गबाट शुभारम्भ भई पोखराको बिन्दाबासनी मन्दिर चोक, पोखरा बाग्लुङ हाईवे हुँदै केजिएच हिमालय फ्रण्ट होटल सारङकोटमा पुगी सम्पन्न हुनेछ।

पर्यटन प्रबन्धमा टेवा पुर्याउने उदेश्य सहित नेपाल टुरिजम बोर्डको सहयोग र अबुर्द रोग निवारणबारे जनचेतना गर्न अभिब्रिद्द गर्न क्यान्सर रोग बेलैमा उपचर गरे निको हुने सन्देश दिने उदेश्यको साथ उक्त मोटार र्‍याली आयोजना हुन लागेको हो।

यसको अतिरिक्त सुरक्षित ड्राईभिङलाई यस्ता हाईवेहरुमा गाडी चलाऊन प्रोत्साहन गर्ने कार्यक्रमको लक्ष्य रहेको छ। प्रतियोगिता कुनै गाडीले अर्को गाडीलाई उछिनेर पहिलो हुने गाडी दौड नभई नभई आम ब्यक्तिहरुले चलाऊने गाडीको रफ्तारलाई ध्यान दिएर टिडिएसको आधारमा बिजयता घोसणा गरिने छ। सबैभन्दा ढिलो पुग्ने प्रतियोगितामा विजयी हुनेछ।

Share News