जापानको अल निप्पोन एयरवेजले सन् २०२५ सम्म ४८ थान विमान खरिद गर्ने

<p>काठमाडौं । जापानको अल निप्पोन एयरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मङ्गलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ म्याक्स ८ सिरिजका ३० थान र एयरबस कम्पनीका ए३२०नियो सिरिजका १८ थान विमान खरिद गरिने उल्लेख छ । जापानभित्रै [&hellip;]</p>

काठमाडौं । जापानको अल निप्पोन एयरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ ।

एएनए होल्डिङ्सले मङ्गलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ म्याक्स ८ सिरिजका ३० थान र एयरबस कम्पनीका ए३२०नियो सिरिजका १८ थान विमान खरिद गरिने उल्लेख छ ।

जापानभित्रै र क्षेत्रीय स्तरमा एएनएको सेवाप्रति उपभोक्ताले निकै अभिरुचि देखाएका कारण विमान थप्नु परेको जनाइएको छ । कम्पनीका अनुसार ३० वटा बोइङ जहाजको ३ अर्ब ५० करोड डलर (३८३ अर्ब जापानी येन) पर्नेछ भने एयरबसको मूल्य १६६ अर्ब जापानी येन पर्नेछ ।

बोइङको नयाँ मोडेलको विमान खरिद गर्ने एएनए पहिलो जापानी कम्पनी हो । एयरबस ए३२०नियो सिरिजका विमान भने यसअघि नै एएनएको अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेका छन् । कम्पनीले दुबै किसिमका नयाँ जहाजहरु इन्धन किफायती रहेको पनि जनाएको छ । रासस /एएफपी

Share News