‘पारस शाहलाई हृदयाघात, बन्द भएको मुटु खुलाउन सफल भएको नर्भिकको भनाई

<p>काठमाडौं । पूर्व युवराज पारस विक्रम शाहलाई तेस्रो पटक हृदयाघाट भएको छ । मुटुको धमनी बन्द भएको अवस्थामा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगेको शाहको उपचार गरि धमनी सुचारु भएको सो अस्पतालले जनाएको छ । अस्पतालका अनुसार छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्व युवराज पारस विक्रम शाहलाई सोमबार अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । [&hellip;]</p>

काठमाडौं । पूर्व युवराज पारस विक्रम शाहलाई तेस्रो पटक हृदयाघाट भएको छ । मुटुको धमनी बन्द भएको अवस्थामा नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगेको शाहको उपचार गरि धमनी सुचारु भएको सो अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्व युवराज पारस विक्रम शाहलाई सोमबार अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । थोरै समय नर्भिकको अन्तर्राष्टिय आकस्मिक कक्षमा राखी जाँचपश्चात् उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उनको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो । उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उनलाई सी.सी.यु.मा सारिएको छ ।

उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो । उनको स्वास्थ्य हाल स्थिर रहेता पनि खतरामुक्त अझै नभएको अस्पतालले जनाएको छ ।

Share News