हुण्डाईको नयाँ सेन्ट्रो फागुन २ गते नेपालमा सार्वजनिक हुने, न्यूनतम मूल्य कति ?

<p>काठमाडौं । हुन्डाइले नयाँ सेन्ट्रो कार फागुन २ गते नेपालमा सार्बजनिक हुने भएको छ । हुन्डाई मोटरले सन् २०१८ बाट पुनः उत्पादन गरेको नयाँ सेन्ट्रो कारमा डिलाइट, एरा, माग्ना, अस्टा, स्पोर्टेज लगायत ९ वटा भेरियन्ट छन् । भारतको सेन्ट्रोको मूल्य न्यूनतम ३ लाख ८९ हजार ९०० भारुदेखि ५ लाख २३ हजार ९०० भारु छ । नेपालमा [&hellip;]</p>

काठमाडौं । हुन्डाइले नयाँ सेन्ट्रो कार फागुन २ गते नेपालमा सार्बजनिक हुने भएको छ । हुन्डाई मोटरले सन् २०१८ बाट पुनः उत्पादन गरेको नयाँ सेन्ट्रो कारमा डिलाइट, एरा, माग्ना, अस्टा, स्पोर्टेज लगायत ९ वटा भेरियन्ट छन् ।

भारतको सेन्ट्रोको मूल्य न्यूनतम ३ लाख ८९ हजार ९०० भारुदेखि ५ लाख २३ हजार ९०० भारु छ । नेपालमा २३ लाख ५० हजार देखि ३० लाख रुपैयाँ सम्म पर्ने भएको छ । नेपाली मूल्य कति हुन्छ भनेर ताेक्न बाँकी रहेकाे लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए ।

गाडीहरू भन्सारबाट छुट्न बाँकी रहेकाेले मूल्य तय भइनसेकाे उनले बताए । यस गाडीकाे न्यूनतम मूल्य २३ लाख ५० हजार रूपैयाँ हुने अनुमान गरिएकाे छ ।

नयाँ सेन्ट्रोमा ’न्यू एज टेक्नोलोजी’ को लेन्स छ। टच स्क्रिन अडियोर भिडियो सुविधा रहेको नयाँ कारको टचस्क्रिन ६.९४ इन्चको छ। १.१ लिटरको पेट्रोल इन्जिन रहेको कारले ६८ बिएचपी पावर जेनेरेट गर्छ । यसको माइलेज २०.३ प्रति किलोमिटर रहेको कम्पनीले जनाएको छ ।

नयाँ सेन्ट्रो सात वटा फरक कलरमा कार उपलब्ध छ । नयाँ सेन्ट्रोमा ड्राइभर एयरब्याक छ । नयाँ कारमा एन्ड्रोइड अटो र एप्पल कारप्लेसँगै टच स्क्रिन सिस्टम रहेको छ । रियर एसी वेन्ट र पार्किङ क्यामेरा पनि छ ।

सेन्ट्र कार २०१५ पछि उत्पादन बन्द थियो बजारमा सेन्ट्रोको माग व्यापक भएपछि अपग्रेटेड भर्सनमा बनाईएको हुण्डाई मोटर्सको भनाई छ । विश्व बजारमा सेन्ट्रो कार १४ लाख भन्दा बढी बिक्री भएको जनाईएको छ ।

नेपालमा पनि सेन्ट्रो कारको माग निकै रहेको हुण्डाईको लागि नेपालको लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए । नयाँ कारको बारेमा धेरैले चासो राखिरहेको जनाउँदै यसको माग उच्च रहने उनको अनुमान छ ।

Share News