अब आईल्ट्समा कम स्कोर आउने विद्यार्थीलाई अष्ट्रेलियाको भिसा पाउन मुस्किल हुने

<p>काठमाडौं। अष्ट्रेलियन विश्वोविद्यालयलले अंग्रेजी प्रवेश परिक्षामा कम अंक ल्याउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई लिन अगाडि पूर्णबिचरा गर्नुपर्ने चुनौती आएको छ। भिक्टोरियन प्रिमियर डैनियल एन्ड्रयूजले नेशनल टिर्टरी एजुकेशन युनिभर्सिटी (एनटीईटीयू) को भिक्टोरियन शाखालाई पत्र लेख्दै मोरिसन सरकारलाई यस्तो नियम परिवर्तन गर्न आग्रह गर्न बताए। हालको आवश्यकताहरू अनुसार, अष्ट्रेलियामा विद्यार्थी भिसाको लागि अप्रावासी विद्यार्थीहरुले अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणालीमा नौ मध्ये [&hellip;]</p>

काठमाडौं। अष्ट्रेलियन विश्वोविद्यालयलले अंग्रेजी प्रवेश परिक्षामा कम अंक ल्याउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई लिन अगाडि पूर्णबिचरा गर्नुपर्ने चुनौती आएको छ।

भिक्टोरियन प्रिमियर डैनियल एन्ड्रयूजले नेशनल टिर्टरी एजुकेशन युनिभर्सिटी (एनटीईटीयू) को भिक्टोरियन शाखालाई पत्र लेख्दै मोरिसन सरकारलाई यस्तो नियम परिवर्तन गर्न आग्रह गर्न बताए।

हालको आवश्यकताहरू अनुसार, अष्ट्रेलियामा विद्यार्थी भिसाको लागि अप्रावासी विद्यार्थीहरुले अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणालीमा नौ मध्ये कम्तिमा ५.५ स्कोर ल्याउन पर्ने हुन्छ।

धेरै जसो विश्वविद्यालयहरूले विद्यार्थीको  ६ र ७ बीचको आईल्टिएस स्कोर ल्याउने विद्यार्थीलाई लिने गर्दछ तर यदि विद्यार्थीले २०-हप्ताको अंग्रेजी कोर्स पढ्छ भने सरकारले ४.५ को स्कोरलाई पनि विद्यार्थी भिसा प्रदान गर्न गरेको छ।

विद्यार्थीहरूलाई यो कोर्स पास गर्न भनिए पनि उनीहरूले पुन परिक्षा दिन भने आवश्यक पर्दैन।AUS government is looking into forcing international students to study at regional universities

विक्टोरियाको कार्यवाहक उच्च शिक्षा मन्त्री , जेम्स मेरिलिनले एक बयान जारी गर्दै यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको क्षमतालाई खुम्चाईरहेको बताए।

“अन्तर्राष्ट्रिय विद्यार्थीहरू विक्टोरियाको शिक्षा प्रणालीको एक महत्त्वपूर्ण हिस्सा हुन् तर कमजोर अंग्रेजी भाषा हुँदाहुँदै पनि केही अन्तरराष्ट्रिय विद्यार्थीहरु पढिरहँदा यसले ति विद्यार्थी तथा शिक्षक दुवैलाई असर गर्नेछ,” उनले भने।

“यो कार्य उचित छैन, त्यसैले हामी यस मुद्दालाई संघीय स्तरमा उठाउनेछौं।”

तर संघीय शिक्षा मन्त्री दान तेहानले आफ्नै लिखित बयान जारी गरेका छन्।

उनले बयानमा आफ्न विद्यार्थीहरूमा भाषाको पर्याप्त शिक्षा छ कि छैन भनेर सुनिश्चित गर्नु विश्वविद्यालयहरूको जिम्मेवारी रहेको बताए।

“तपाईले हाम्रो अष्ट्रेलियाको शिक्षा क्षेत्रको गुणस्तरको निर्णय हामीले आकर्षित गर्न अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या हेरेर गर्न सक्नुहुन्छ। बेलायती-आधारित केन्द्र ग्लोबल उच्च शिक्षाको यस वर्ष अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि संसारको दोस्रो सबैभन्दा लोकप्रिय गन्तव्य बन्न पुगेको अनुमान छ। ” उसले भनेTertiary students at the University of Melbourne in Melbourne

“अष्ट्रेलियान विश्वविद्यालयहरू स्वायत्त संस्था रहेको र उनीहरूले आफ्नै स्तर आँफै निर्धारण गर्न जिम्मेवार रहेको त्यसैले हामी विश्वविद्यालयहरूलाई विद्यार्थीहरु लिने कार्यमा एकदमै ध्यान दिन भन्दै आएको, नेशनल टिर्टरी एजुकेशन युनियनको अध्यक्ष डा एलिसन बार्न्सले बताईन्।

यसलाई राम्रो बनाउन सरकार र विश्वोविद्यालय दुवैको सहभागी आवश्यक रहेको काउन्सिल प्रवक्ता मनफ्रेड मोलेटिनले बताए।

अन्तराष्ट्रिय विद्यार्थीहरुले आफ्नै राष्ट्रको सँग साझा आवसमा बस्ने र आफ्नै मातृभाषा बोल्ने कारणले पनि अंग्रेजी सुधारन नसकेको उनी बताउँछन्।

( एसबिएस अष्ट्रेलियाबाट नेपालीमा उल्था गरिएको ) 

Share News