अजोड र धनगढी क्रिकेट एकेडेमीबीच सम्झौता: खेलाडी, अफिसियल व्यवस्थापक र दर्शकहरुको बीमा

<p>काठमाडौँ । धनगढी क्रिकेट एकेडेमीले अजोड इन्स्योरेन्स लि.सँग अफिसियल इन्स्योरेन्स साझेदारको रुपमा सहकार्य गर्न सम्झौता गरेको छ । माघ १० गते सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारवहादुर खत्री र एकेडेमीका तर्फबाट अध्यक्ष सुभाष शाहीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लि.ले माघ २६ गते देखी फागुन ११ गतेसम्म संचालन हुने [&hellip;]</p>

काठमाडौँ । धनगढी क्रिकेट एकेडेमीले अजोड इन्स्योरेन्स लि.सँग अफिसियल इन्स्योरेन्स साझेदारको रुपमा सहकार्य गर्न सम्झौता गरेको छ ।

माघ १० गते सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारवहादुर खत्री र एकेडेमीका तर्फबाट अध्यक्ष सुभाष शाहीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लि.ले माघ २६ गते देखी फागुन ११ गतेसम्म संचालन हुने क्रिकेट खेलमा संलग्न खेलाडी, अफिसियल व्यवस्थापक र दर्शकहरुको बीमा गरिदिनुको साथै दर्शकदीर्घामा प्रत्येक खेलमा क्याच समात्ने पहिलो दर्शकलाई दश हजार इनाम प्रयोजन गरिएको छ ।

Share News