चितवनमा ७ औं नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुँदै

<p>काठमाडौं । फागुन १७ गते देखि चितवनमा मरणेपरान्त अंगदानको लागि सामाजिक अभियानसहित ७ औं नेपाल फर्मा र हेल्थ एक्स्पो २०१९ शुरु हुने भएको छ । नेपालको औषधी उत्पादनलाई ध्यानमा राखि एक्स्पोमा २ सय वटा स्टल राख्ने आयोजकको भनाई रहेको छ । उक्त एक्स्पोमा कम्तिमा १ हजारले अंगदान गर्ने अनुमान आयोजक समितिको रहेको छ । चितवनमा [&hellip;]</p>

काठमाडौं । फागुन १७ गते देखि चितवनमा मरणेपरान्त अंगदानको लागि सामाजिक अभियानसहित ७ औं नेपाल फर्मा र हेल्थ एक्स्पो २०१९ शुरु हुने भएको छ । नेपालको औषधी उत्पादनलाई ध्यानमा राखि एक्स्पोमा २ सय वटा स्टल राख्ने आयोजकको भनाई रहेको छ । उक्त एक्स्पोमा कम्तिमा १ हजारले अंगदान गर्ने अनुमान आयोजक समितिको रहेको छ ।

चितवनमा हुने उक्त एक्स्पोमा करिब साढे १ करोड खर्च हुने जानकारी दिएका छन् । नेपाल औषधी उत्पादन संघका अध्यक्ष दिपकप्रसाद दाहालले आधारभुत संरक्षण दिने भए ७० प्रतिशत औषधीको उत्पादन गर्न सक्ने बताएका छन् । हाल नेपालमा करिब २० अर्ब औषधी उत्पादन भएपनि २५ अर्बको बाहिरी आयात हुँदै आएको हुँदा नेपाली बजार आयातमूखी बजारको कारण नेपाली बजार अन्योलमा रहेको अध्यक्ष दाहालको भनाई रहेको छ ।

एक्स्पोमा १० वटा निजि क्षेत्रका अस्पताल, ३०वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय कम्पनी र १० चिनीयाँ कम्पनीको सहभागिता रहने भएको छ । काठमाडौं बाहिर पहिलोपटक हुने उक्त एक्स्पोमा ५० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने अनुमान संघको रहेको छ ।

Share News