नागरिक कम्युनिटी अस्पतालमा सिटी स्क्यान सेवा शुरु, भक्तपुरवासीलाई बिशेष छुट

<p>काठमाडौं। नागरिक कम्युनिटी अस्पताल भक्तपुरले बुधबारबाट सिटी स्क्यानको सेवा  शुरु गरेको छ। अस्पतालले करिब २ करोडको लागतमा सिटी स्क्यान मेशिन ल्याएर सेवा शुरु गरेको हो । बिरामीहरुको सेवा सुविधालाई ध्यानमा राखी अस्पतालमा सिटी स्क्यानको व्यवस्था गरिएको जनाइएको छ । अस्पतालमा सिटी स्क्यानको अभावमा बिरामीहरु प्रभावित भएका थिए । सिटी स्क्यानको उद्घाटन पूर्व उद्योग मन्त्री तथा सांसद महेश बस्नेतले [&hellip;]</p>

काठमाडौं। नागरिक कम्युनिटी अस्पताल भक्तपुरले बुधबारबाट सिटी स्क्यानको सेवा  शुरु गरेको छ।

अस्पतालले करिब २ करोडको लागतमा सिटी स्क्यान मेशिन ल्याएर सेवा शुरु गरेको हो । बिरामीहरुको सेवा सुविधालाई ध्यानमा राखी अस्पतालमा सिटी स्क्यानको व्यवस्था गरिएको जनाइएको छ । अस्पतालमा सिटी स्क्यानको अभावमा बिरामीहरु प्रभावित भएका थिए ।

सिटी स्क्यानको उद्घाटन पूर्व उद्योग मन्त्री तथा सांसद महेश बस्नेतले गरेका थिए । सिटी स्क्यान गरेको सेवा शुल्क ४ हजार तोकिएको छ ।

नागरिक अस्पताल स्थापनाको आठौं वर्ष पूरा भएको छ । सर्वसाधारणलाई सस्तो मूल्यमा स्वास्थ्य सेवा दिदै आएको यस अस्पतालको मुख्य उदेश्य नाफा भन्दा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने रहेको प्रबन्ध निर्देशक नागेन्द्र झा बताउँछन्।

करिब ६०० जना लगानीकर्ता भएको यस अस्पतालमा १२० जना भन्दा बढी कर्मचारी कार्यरत छन् । अस्पतालले भक्तपुरबासीलाई बिशेष छुट दिने गरेको छ। असाह्य तथा आर्थिक स्थिती कमजोर भएको व्यक्तिहरुलाई अस्पतालले १५ देखि २० प्रतिशतसम्म छुट दिने गरेको छ।

एक दुई बर्ष भित्रै आफ्नै भवनबाट अस्पताल संचालन गर्ने अस्पतालको लक्ष्य रहेको झा बताउँछन्।

Share News