काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले देशका सातै प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ ।
बैकले प्रदेश १को कार्यालय विराटनगरमा, प्रदेश दुईको लागि महोत्तरी जिल्लाको बर्दिबास, प्रदेश तीनको लागि काठमाडौं जिल्लाको न्युरोड, प्रदेश चार गण्डकी प्रदेशको लागि पोखरा, प्रदेश पांचको लागि बांके जिल्लाको नेपालगञ्ज, प्रदेश छ ।
कर्णाली प्रदेशको लागि सुर्खेतमा र प्रदेश सातको लागि कैलाली जिल्लाको धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरि प्रादेशिक प्रमुखहरु पनि तोकिएको जनाएको छ ।
प्रादेशिक कार्यालयको स्थापनासँगै आफ्नो मातहतका शाखा कार्यालयहरुको समन्वय, अनुगमन तथा सुपरिवेक्षण गर्ने, शाखा कार्यालयहरुलाई सहजीकरण गर्ने, जोखिम व्यवस्थापन, व्यवसाय विस्तारमा सहयोग गर्ने, सेवा सुधार गराउने, गुनासो सुनवाई लगायतका कार्यहरु गर्ने जिम्मेवारी तोकिएको जानकारी दिएको छ । बैकको देशभर ८१ वटा शाखा कार्यालयहरु रहेको उक्त बैकले हाल ५२ अर्ब निक्षेप परिचालन गरि ४९ अर्ब कर्जा प्रवाह गरेको छ । साथै बैकको ६३ वटा एटिएम संचालनमा रहेका छन ।