काठमाडौं । ललितपुर र काठमाडौंमा सानिमा लाईफ इन्स्योरेन्सको ३ शाखा कार्यालयकाे उद्घाटन भएकाे छ । सानिमा लाईफ इन्स्योरेन्सको शाखा ललितपुरको ग्वार्काेमा इन्स्योरेन्सका संचालक घनश्याम थापाले उद्घाटन गरेका छन् ।

काठमाडौं महानगरपालिका गोङ्गबु शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स संचालक भरतबहादुर थापाले गरेका हुन्र । त्यस्तै किर्तिपुर शाखा कार्यालयको उद्घाटन सानिमा लाईफ इन्स्योरेन्स अध्यक्ष गंगाराम महर्जन र संचालक घनश्याम थापाले संयुक्त रुपमा गरेका थिए ।

उक्त अवसरमा सद्भावना दुत कलाकार जीतु नेपाल, कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना, कम्पनीका नायव महा प्रबन्धक केशवराज केसी, मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति रहेको थियो ।