दाङ्गको जँग्रहवामा एनआईसी एशियाको थप शाखा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले थप शाखा दाङ्गको जँग्रहवामा विस्तार गरेको छ । बैंकले युकेएड सक्षम एक्सेस टु फाईनान्सकोे सहकार्यमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन जँग्रहवाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका छन् । हाल बैंकले २७० शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले थप शाखा दाङ्गको जँग्रहवामा विस्तार गरेको छ । बैंकले युकेएड सक्षम एक्सेस टु फाईनान्सकोे सहकार्यमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन जँग्रहवाको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका छन् । हाल बैंकले २७० शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

सक्षम युकेएडको सहयोग प्राप्त एक्सेस टु फाइनान्स अभियान हो । यसलाई नेपालमा डिएफआइडी नेपालका लागि विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहकार्यमा लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।

Share News