माछापुच्छ्रे बैंकका ग्राहकलाई मेडिसिटि अस्पतालमा ७ प्रतिशतसम्म छुट

<p>काठमाडौं । अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालको उपचार सेवामा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो मात्राको छुट पाउने सम्बन्धि मंगलबार माछापुच्छ्रे बैंक र मेडिसिटि अस्पतालबीच एकआपसमा सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका [&hellip;]</p>

काठमाडौं । अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालको उपचार सेवामा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो मात्राको छुट पाउने सम्बन्धि मंगलबार माछापुच्छ्रे बैंक र मेडिसिटि अस्पतालबीच एकआपसमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

Share News