
काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि सुजुकीले यही पुस १८ गते देखि २७ गते सम्म आफ्ना ५२ शाखाहरु बाट एक साथ मेगा एक्सचेञ्ज मेला संचालन गर्ने भएको छ ।
मेलामा जुनसुकै ब्रान्डको पुरानो मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्दा प्रचलित बजार मूल्य भन्दा थप १५ हजार मुल्याङ्कनका साथै ठाउँको ठाउँ फाईनान्सको ब्यबस्था समेत गरिएको कम्पनीले जनाएको छ।
सुजुकीले हालै मात्र नेपाली बजारमा नया बर्गम्यान स्ट्रिट १२५ सिसि स्कुटर समेत बिक्री सुभारम्भ गरेको भिजि अटो मोबाइलका मार्केटिङ म्यानेजर नबराज कोइरालाले जानकारी दिए ।