
काठमाडौं । प्रिमियम हेयर प्रोडक्ट ब्राण्ड स्ट्रिक्स प्रोफेसनलले नेपालमा पहिलो पटक मेगा हेयर शो ‘हेयर एण्ड बियोण्ड’ कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमले ईच्छुक तथा सहभागी हेयर स्टाईलिस्टहरुलाई कटिङ्ग, कलरिङ्ग र स्टाईलिङ्गको क्षेत्रमा प्रेरणा प्रदान गरेको छ । उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले स्ट्रिक्स प्रोफेसनलका टेक्निकल हेड जावेद हबिब र एग्नस चेनद्वारा हेयर कटिङ्ग, कलरिङ्ग र स्टाईलिङ्गबारे नवीनतम ट्रेन्ड र प्रविधि सम्बन्धिजानकारी तथा ज्ञान प्राप्त गरेका थिए ।
हेयर शोका सेलिब्रिटी जावेद र एग्नसले स्ट्रिक्स प्रोफेसनलको नवीनतमकलेक्सन ‘मेरिगोल्ड’ का साथ विभिन्न प्रयोगात्मक परीक्षण गरी दर्शकहरुलाई उत्साहित बनाएका थिए ।
स्ट्रिक्स प्रोफेसनलको स्प्रिङ्ग समर कलेक्सनको रुपमा प्रस्तुत मेरिगोल्डमा हेयर स्टाईलिङ्गका लागि चाहिने आकर्षक चमक र सुन्दरता थपिएको छ । गोल्डेन, कपर र ब्लोन्डको शेडहरुमा उपलब्ध यस मेरिगोल्ड कलेक्सनले विवाह र पार्टीको समय तपाईंको व्यक्तित्वमा अझ बढी निखार ल्याउने छ ।
मेगाहेयर शोको अवसरमास्ट्रिक्स प्रोफेसनलले नेपाली बजारमा कपाल स्ट्रेट गर्नेका साथै कपाललाई मुलायम र चम्किलो बनाउने उच्चस्तरीय स्ट्रेटनिङ्ग सोलुसन क्यान्भो लाइन समेत लन्च गरेको छ । उक्त कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलका लागि नेपालका सुपरमोडल आस्था पोखरेल र अमित रञ्जनले र्यापवाक गरेका थिए ।
