ग्लोबल आइएमई बैंकको थप ३ शाखा रहित बैंकिङ्ग सेवा विस्तार

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । पौष १०, ११, १२ गते नवलपरासी वर्दघाट —सुस्ता पूर्वजिल्लाको मध्यविन्दु नगरपालिका -१५, सो जिल्लाको कावासोती नगरपालिका- १७ र पाल्पाको रम्भागाँउपालिका -१ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि तथा स्थानीय वासीहरुको [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

पौष १०, ११, १२ गते नवलपरासी वर्दघाट —सुस्ता पूर्वजिल्लाको मध्यविन्दु नगरपालिका -१५, सो जिल्लाको कावासोती नगरपालिका- १७ र पाल्पाको रम्भागाँउपालिका -१ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि तथा स्थानीय वासीहरुको रोहवरमा भएको छ ।

ग्लोबल आइएमई बैंकको हालसम्म १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधि युुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत तथा अन्य राष्ट्रहरु र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आएकाे छ ।

Share News