नेपालगञ्जमा गरिमा विकास बैंकको शाखा विस्तार

<p>काठमाडौं । गरिमा विकास बैंकले बाँके जिल्लाको नेपालगञ्जमा शाखा कार्यालय विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर जवराले गरेका हुन् । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको हाल उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । हाल गरिमा विकास बैंकले रु.२५ [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंकले बाँके जिल्लाको नेपालगञ्जमा शाखा कार्यालय विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा.धवल शमशेर जवराले गरेका हुन् ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको हाल उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन । हाल गरिमा विकास बैंकले रु.२५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २२ अर्ब ३० करोड कर्जा लगानी गरेको छ ।

गरिमा विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने भएको छ ।

Share News