
काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले नेपालमा अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरुबाट महात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि अनलाइन आवेदन आव्हान गरेको छ ।
आवेदकको पारिवारिक वार्षिक आय २ लाख भन्दा कम हुनुपर्नेछ। आवेदक नेपाल सरकारबाट मान्यता प्राप्त कुनैपनि कलेजमा पढिरहेको हुनु पर्नेछ। महात्मा गान्धी छात्रवृत्तिको लागि विद्यार्थीले कम्तिमा पनि कक्षा १० मा ६० प्रतिशत कूल अंक प्राप्त गरेको र कक्षा ११ मा अध्ययन गरिरहेको हुनुपर्ने छ।
स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदकले कम्तिमा पनि प्लस २ मा ७० प्रतिसत कूल अंक र नेपालको कुनैपनि मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तहको प्रथम बर्ष वा प्रथम सेमेस्टरमा भर्ना भएको नियमित विद्यार्थी हुनुपर्नेछ।
आवेदकले पढिरहेको संस्थाको प्रधानध्यापकद्वारा प्रमाणित प्रमाणपत्र पेस गर्नु पर्नेछ।
अनलाईन आवेदन www.goischolarship.com.np मा पठाउनुपर्नेछ। आवेदनको अन्तिम म्याद पौष २९ सम्म रहेको छ।
