खेलकुद सम्बन्धी थेसिस लेख्ने विद्यार्थीलाई खेलकुद मन्त्रालयले सहयोग गर्ने

<p>काठमाडौं। स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्ने भएको छ। मन्त्रालयको चालु आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तरगत स्नातकोत्तर तहमा शारीरिक शिक्षा वा खेल विज्ञान विषयमा अध्ययनरत्त विद्याथीहरुलाई प्रोत्साहन गर्ने प्रयोजका साथ स्नातकोत्तर तहमा अध्ययनरत्त विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा विद्यार्थी प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७५ अनुसार प्रोत्साहन [&hellip;]</p>

काठमाडौं। स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्ने भएको छ।

मन्त्रालयको चालु आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तरगत स्नातकोत्तर तहमा शारीरिक शिक्षा वा खेल विज्ञान विषयमा अध्ययनरत्त विद्याथीहरुलाई प्रोत्साहन गर्ने प्रयोजका साथ स्नातकोत्तर तहमा अध्ययनरत्त विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा विद्यार्थी प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७५ अनुसार प्रोत्साहन तथा सहयोग गर्ने भएको हो ।

त्यसका लागि इच्छुक विद्यार्थीले पुष २६ गते भित्रमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुद प्रवद्र्धन शाखामा आवेदन पेश गर्न सक्ने मन्त्रालयद्वारा प्रकाशित सुचनामा उल्लेख गरेको छ।

Share News