काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेका हुन् ।
नेपाल नेशनल हस्पिटलका बजार व्यबस्थापन प्रबन्धक श्रुती राणा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख र विन्द्र ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापश्चातनेपाल नेशनल हस्पिटलमाउपचार गराउँदाग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५प्रतिशत छुट पाउने भएको छ ।
१३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११२ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवाप्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आईरहेको छ ।