काठमाडौं । नेपाली चिकित्सा फाँटमा विगत २५ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा पुर्याउँदै आएको निजी क्षेत्रको नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने भएको छ । निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालित यस हस्पिटलले नेपाली चिकित्सा फाँटका विविध विधामा अग्रणी हुन पाएको छन् ।
स्तरीय व्यवस्थापनका लागि आइएसओ. प्रमाणिकरण प्राप्त गर्ने राष्ट्रकै पहिलो यस हस्पिटलले सन् २ हजारमै मुलुकमै सर्वप्रथम क्याथल्याव सेवाको शुभारम्भ गर्दै मुटुरोग लगायत अन्य इन्टरभेन्सनल प्रक्रियाहरुमा अग्रणी भूमिका खेल्दै मुटु स्वचालित अवस्थामै जटिल मुटुरोग शल्यक्रिया, स्नायु शल्यक्रिया लगायतका १० औं हजार जटिल शल्य क्रियात्मक उपचार सेवामा समेत कोशेढुङ्गा स्थापित गर्न सफल भएको छ ।
सनः २०१२ मा देशकै अत्याधुनिक सुविधा सम्पन्न पाचन प्रणाली उपचार केन्द्रका रुपमा रुपान्तरीत हुँदै नर्भिकको उक्त केन्द्रले पेट तथा कलेजोका अत्यन्तै जटिल रोगहरुको उपचार गर्दै आइरहेको छ । डि. डी. सी. को विस्तारीत विशिष्ट चिकित्सा सेवा अन्तर्गत बरिष्ठ चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको नेतृत्वमा आरम्भ गरिने उपर्युक्त सेवा सञ्चालनमा डि.डी.सी प्रमुख डा. सन्दीपराज कुँवर लगायतका पेटरोग विशेषज्ञहरु पनि संलग्न रहने भएको छ ।
हाल नर्भिक पूर्वाधार निर्माणमा केन्द्रित रहेको, सेवा सञ्चालनका लागि प्रक्रियागत लाइसेन्स लिने कार्यलाई अगाडि बढाएको र थप चिकित्सकीय तथा अन्य मानव संशाधनको तयारीमा जुटेको छ । मानव संशाधन विकास तर्फ कलेजो प्रत्यारोपण विशेषज्ञ शल्य चिकित्सकहरु, कलेजो प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरु (कलेजो रोग विशेषज्ञ÷फिजिसियन), कलेजो प्रत्यारोपण विशेषज्ञ रेडियोलोजिष्ट, कलेजो प्रत्यारोपण विशेषज्ञ वाल चिकित्सक र कलेजो प्रत्यारोपण विशेषज्ञ प्याथोलोजिष्ट आदि रहेका छन् ।
नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपणसम्बन्धी तालीमप्राप्त एवं अनुभवी विशेषज्ञ शल्यचिकित्सक÷चिकित्सकहरुमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी
(शल्यचिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. बिरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की , डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) आदि रहेका थिए ।
त्यसरी नै कलेजो प्रत्यारोपण विशेषज्ञ पेडियाट्रिसियनहरुमा डा. अमृत ढुङ्गेल र डा. हेमन्त शर्मा रहेका थिए । त्यस्ता समस्याहरुलाई मध्येनजर गर्दै कुनै पनि नेपालीले नेपालमै, अझ आफ्नै घर आँगनमा, सर्वसुलभ एवम् स्तरीय कलेजो प्रत्यारोपण सेवा प्राप्त गर्न सकून् भन्ने अभिप्रायले नर्भिकले कलेजो प्रत्यारोपणजस्तो अत्यन्तै जटिल शल्यक्रियात्मक उपचार सेवा सुरुगर्ने तयारी गरेको छ । सो को तयारी स्वरुप नर्भिकले आवश्यक पर्ने चिकित्सकीय टोली तयार पार्ने, आवश्यक पूर्वाधारणमा सुधार गर्ने, अन्य जनशक्तिलाई तालिम दिने जस्ता कार्यको सुरुवात गरिसकेको छ ।