मधुमेह रोगी बढ्दो क्रममा, विशेष कार्ययोजना ल्याउन सरकारसँग माग

<p>काठमाडौँ । पछिल्ला दिनमा मधुमेह (डायबिटिज) रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मानिसको दैनिकीमा आएको परिवर्तसँगै उक्त रोग बढ्दै गएको चिकित्सकले औँल्याएका छन् । विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । शरीरको मोटोपनका कारण मुटु रोग तथा मधुमेहको जोखिम उच्च रहेको हुन्छ । [&hellip;]</p>

काठमाडौँ । पछिल्ला दिनमा मधुमेह (डायबिटिज) रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । मानिसको दैनिकीमा आएको परिवर्तसँगै उक्त रोग बढ्दै गएको चिकित्सकले औँल्याएका छन् । विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

शरीरको मोटोपनका कारण मुटु रोग तथा मधुमेहको जोखिम उच्च रहेको हुन्छ । डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसिएशन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्वारा संयुक्तरुपमा मधुमेह रोगसम्बन्धी आयोजित ‘मधुमेह रोग’ छलफलमा चिकित्सकले मधुमेह रोग नियन्त्रणका लागि सरकारले विशेष कार्ययोजना ल्याउन मागसमेत गरेको छ ।

मधुमेह रोग विज्ञ डा ज्योति भट्टराईले शहरी बासिन्दामा मधुमेह रोग बढ्दो क्रममा रहेको, मधुमेह नियन्त्रणका लागि नियमित औषधि प्रयोग गर्नेको सङ्ख्या समेत वृद्धि भइराखेको बताउँदै मधुमेह रोगका बारेमा जनचेना कार्यक्रममा जोड दिएका छन् । एशोसिएशनका अध्यक्ष डा दीना श्रेष्ठले मधुमेह रोग नियन्त्रण गर्न विभिन्न किसिमका औषधि उपलब्ध रहेको जानकारी दिँदै चिकित्सकको उचित सल्लाहनुसार मात्र प्रयोग गर्न सुझाव दिएका छन् ।

रोग नै नलाग्न दिन मानिसले उचित आहारविहारमा ध्यान दिन र दैनिक व्यायाम गर्नुपर्नेमा जोड दिएक छन् । डा श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित व्यायाम गरेर नियमित चिकित्सकसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय रहेको जानकारी दिएका छन् ।
अर्का मधुमेह रोग विज्ञ डा अमित शाक्यले चिल्लोपना भएका खाना कम खाने, नियमिति अभ्यास गर्ने, धुम्रपान तथा मदिरापान सेवन नगर्नाले मधुमेह रोगको जोखिम कम हुने बताएका छन् । पछिल्लो समय मधुमेह रोग नियन्त्रणका लागि एम्पाग्लिफ्लोजिन अति प्रभावकारी देखिएको जानकारी दिएका छन् । रासस

Share News