नेपाल लाइफ इन्स्योरेन्सले नेपालमै पुनर्बीमा गर्ने, प्रिमियमकाे २० प्रतिशत नेपाल रिलाई

<p>काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले चालु बजेटमा व्यवस्था गरे बमोजिम अब नेपाल लाइफ इन्इयोरेन्स कम्पनीको बीमा प्रिमियमको २० प्रतिशत नेपाल पुनर्बीमा (नेपाल रि)ले लिने भएको छ । बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल [&hellip;]</p>

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले चालु बजेटमा व्यवस्था गरे बमोजिम अब नेपाल लाइफ इन्इयोरेन्स कम्पनीको बीमा प्रिमियमको २० प्रतिशत नेपाल पुनर्बीमा (नेपाल रि)ले लिने भएको छ ।

बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालु आ.व.को आरम्भदेखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने बताइएको छ ।

Share News