काठमाडौं । सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटल त्रिपुरेश्वर बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक वर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र हस्पिटलका तर्फबाट व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सिटिजन्स बैंकले देशभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ३ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्ड वाहक ग्राहक तथा परिवारका सदस्यहरु लेब्लू क्रस हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँने भएका छन् ।