एसबीआई बैंकले १५ प्रतिशत लाभांश दिने, बोनस सेयरपछि चुक्ता पुँजी ८ अर्ब ४४ करोड

<p>काठमाडौं । नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकले १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताब गरेको छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा केही कम हो । गत वर्ष बैंकले १६.२३ प्रतिशत लाभांश दिएको थियो । बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि शेयरधनीले [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकले १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकले १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर प्रस्ताब गरेको छ ।

प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा केही कम हो । गत वर्ष बैंकले १६.२३ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन् ।

गत बर्ष बैकले एक अर्ब ८९ करोड रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ ।

पहिलो त्रैमासको वित्तीय विवरण अनुसार हाल बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । बैंकको जगेडा कोषमा पाँच अर्ब २६ करोड रुपैयाँ छ ।

Share News