आईएमई जनरल इन्स्योरेन्सको हकप्रद पुस १७ गतेदेखि, क-कसले पाउँछन् हकप्रद भर्न ?

<p>काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हालको चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैंया बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धक तोकेको [&hellip;]</p>

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले हालको चुक्ता पुँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैंया बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।

हाल करिब ५४ करोड चुक्ता पुँजी भएको इन्स्योरेन्सको उक्त हकप्रद जारी गरेपछि चुक्ता पुँजी करिब ९७ करोड पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई कम्तीमा १ अर्ब चुक्ता पुँजी पुर्याउन भनेकोमा अपुग बाँकी करिब ३ करोड बराबरको पुँजी बोनस शेयर दिएर पुर्याउनेछ ।

उक्त हकप्रद शेयरका लागि मंसिर ६ गतेसम्म आफ्नो नाममा शेयर कायम भएका शेयरधनीले आफ्नो खाता रहेको बैंकबाट सीआश्वा मार्फत् आवेदन गर्न पाउनेछन् । शेयर निष्कासन अवधि माघ २१ सम्म रहने इन्स्योरेन्सले जनाएको छ ।

Share News