अब एनआईसी एशिया बैंकबाटै आईएमई लाईफको इन्स्योरेन्स सेवा पाइने

<p>काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवाहरु पाइने भएको छ । उक्त सेवा दिने सम्बन्धी मंगलबार दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाबाट सजिलै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख [&hellip;]</p>

काठमाडौं । अब एनआईसी एशिया बैंकबाटै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवाहरु पाइने भएको छ । उक्त सेवा दिने सम्बन्धी मंगलबार दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाबाट सजिलै आईएमई लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।

Share News