स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी

<p>काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ। गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका उनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। उनलाई सरुवा गरिएको निर्णय अझै सार्वजनिक भने गरिएको छैन। अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए। स्वास्थ्य मन्त्रालयमा हाल [&hellip;]</p>

काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई सरुवा गरेको छ।

गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका उनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। उनलाई सरुवा गरिएको निर्णय अझै सार्वजनिक भने गरिएको छैन। अधिकारी यसअघि पनि स्वास्थ्य मन्त्रालयमा दुई वर्ष सहसचिवका रुपमा कार्यरत थिए।

स्वास्थ्य मन्त्रालयमा हाल निमित्त सचिवको जिम्मेवारी १२ औं तहका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुलेरले सम्हालिरहेका छन्।

सरकारको यो निर्णयसँगै स्वास्थ्यमा पुन प्रशासन समूहका सचिवले नेतृत्व सम्हाल्नेछन्। स्वास्थ्यमा डाक्टर सचिव रहने व्यवस्था छ।

सरकारले गत असोज २८ मा डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसको विरोधमा सचिव चौधरीले सरकारविरुद्ध मुद्दा दायर गरेकी थिइन्। सर्वोच्चले उनको सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो।

सरकारले उक्त आदेशको खारेजीको माग गर्दै अदालतमा निवेदन दर्ता गराएको छ। अदालतले यो विषयमा छलफल गर्न सचिव चौधरीलाई अदालतमा बोलाएको छ।

Share News