गरिमा विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

<p>काठमाडौं । गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्य सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट सो कम्पनीका महा प्रबन्धक एस. के. तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो सम्झौता पश्चात [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

मंगलबार आयोजित एक कार्य सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट सो कम्पनीका महा प्रबन्धक एस. के. तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाललिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।

Share News