काठमाडौं। विश्व एड्स दिवस पारेर नेपालले मंसिर १४ गते शनिबार ” एचआईभीको जाँच गराऔं , आफ्नो अवस्था थाहा पाऔं ” भने भुल नाराका साथ ३१ औं विश्व एड्स दिवस मनाउँदै छ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शुक्रबार अन्र्तक्रिया कार्यक्रम आयोजना गरि हाल नेपालमा एचआईभी संक्रमणको अवस्थाको बारेमा जानकारी गराएको छ। सन् २०१७ को अन्त्य सम्म संसार भर ३ करोड ६९ लाख व्यक्तिहरुका एचआईभी संक्रमण भएको अनुमान गरिएको छ, भने नेपालमा ३१ हजार २० जनामा एचआईभी संक्रमण भएको अनुमान छ । ती मध्ये पुरुषको सख्या १९ हजार बिस र महिलाको सख्या १२ हजार रहेको छ । नेपालमा वयस्क (१५ देखि ४९को उमेर समुहमा) जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१५ रहेको छ । नेपालमा करिब ७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ ।
सातै वटा प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व एड्स दिवस मनाईदै छ । सातै प्रदेशका जिल्लाहरुमा करिब २ लाख बराबरको पेष्ट किट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसतै भोली काठमाडौंको नयाँ बस पार्क , पुरानो बसपार्क , लगनखेल र भक्तपुरको सूर्यविनायकमा एड्स परीक्षणका लागि स्टल राखिने छ ।