बुटवलमा पोखरा फाइनान्सको नयाँ शाखा

<p>काठमाडौं ।  पोखराको न्युराेडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले रुपन्देहीको बुटवल, राजमार्ग चौराहामा नयाँ शाखा शुरु गरेको छ । उक्त शाखाको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गरेका हुन् । कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुखले स्वागत एवं अध्यक्ष भवन भुवनसिंह गुरुङले समापन गरेका छन् । जारी पुँजी ८५ करोड ७२ लाख रहेको यस [&hellip;]</p>

काठमाडौं ।  पोखराको न्युराेडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले रुपन्देहीको बुटवल, राजमार्ग चौराहामा नयाँ शाखा शुरु गरेको छ ।

उक्त शाखाको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गरेका हुन् ।

कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुखले स्वागत एवं अध्यक्ष भवन भुवनसिंह गुरुङले समापन गरेका छन् ।

जारी पुँजी ८५ करोड ७२ लाख रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप ५ अर्ब २ करोड रूपैयाँ तथा कर्जा लगानी ४ अर्ब ४१ करोड र जगेडा कोषमा २४ करोड ९२ लाख रूपैयाँ रहेको छ ।

उक्त बुटवल शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैकिड्ड लगायतका सेवा दिइरहेकाे छ । हालै सम्पन्न वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको जानकारी कार्यकारी प्रमुख रविचन्द्र गुरुङल जानकारी दिएका छन् ।

 

Share News