काठमाडौं। बिस्वोमा एचआईभि पत्ता लागेको ३७ बर्ष पुगिसकेको छ भने विश्व एड्स दिवस मनाउन थालएको ३० बर्ष भईसकेको छ। नेपाल लगायत विश्वव्यापी रुपमा नै एचआईभिको नयाँ संक्रमण घट्दै गईरहेको छ भने हेरचाह र सहयोग लगायत एआरभी औषधी उपचारमा समेटा पहुँच बढ्दै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी आएको छ।
एचआईभी संक्रमणदरलाई अझै घटाउँदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने दिगो बिकास लक्ष्यहरु तथा एचआईभी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सम्बन्धी कार्यक्रमलाई तिव्रता दिनको लागि एड्स विरुद्द विश्व अभियान अन्तर्गत “एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं “ मुल नाराका साथ यस बर्षको विश्व एड्स दिवस मनाईदैछ। यसले सन् २०२० सम्मको लागि ९०:९०:९० अर्थात ९० प्रतिसत एचआईभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहापाउने, ति मध्य ९० प्रतिसतको औषधी उपचारको पहुँच हुने र ति औषधी खानेहरु मध्य ९० प्रतिसतको शरीरमा भाईरसको भार न्युन भएको हुने० लक्ष्यलाई प्राप्त गर्न टेवा मिल्नेछ।
सन् २०१७ को अन्त्य सम्म संसारभर ३ करोड ६९ लाख ब्यक्तीहरुमा एच आई भि संक्रमण भएको अनुमान गरिएको छ। नेपालमा भने ३१ हजार २० जनामा संक्रमण भएको अनुमान छ। ति मध्य पुरुषको संख्या १९ हजर २० र महिलाकोको संख्या १२ हजार रहेको छ। नेपालको वयस्क १५ बर्ष देखी ४९ बर्षको उमेर समुहमा जनसंख्यामा एचआईभि को ब्याप्ता दर ०.१५ प्रतिसत रहेको छ।
नेपालमा कारीब ७५ प्रतिसत एचआईभि संक्रमण असुरक्षित यौनसंम्पर्कबाट भएको पाईएको छ। नेपालको वर्तमान एचआईभिको अवस्थालाई केन्द्रिक्रित माहामारीको रुपमा पारीभासित गरिन्छ। यस्को अर्थ एक वा सो भन्दा एचआईभि सर्न सक्ने जोखिममा रहेको समुहमा एचआईभि संक्रमण दर ५ प्रतिसत भन्दा बढी तर सामान्य जनसंख्यामा एचआईभि संक्रमन दर १ प्रतिसत भन्दा कम हुनु हो।
नेपालमा एचआईभि संक्रमणको उच्च जोखिममा रहेक समुह – सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समालिङी तथा तेस्रोलीगींहरु, रोजगारिका लागि बाहिर जानेहरु र जेलका कैदीहरु हुन्। यि मध्य सईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिगीं यौनकर्मिहरु एचआईभि संक्रमणको दर अरु जोखिममा रहेको समुहभन्दा उच्च छ।
सन २०१० देखी सन् २०१७ सम्मको बिस्वोब्यापी १६ प्रतिसत नयाँ संक्रमण घटेको छ भने ३५ प्रतिसतने बच्चाहरुमा हेने संक्रमण कम भएको छ। यसैगरी सन् २००४ ( सबैभन्दा धेरै एड्स सम्बन्धी भएको बर्ष) देखी सन् २०१७ सम्म एड्सको कारणले मृत्यु ५१ प्रतिसतले घटेको छ। सन् २०१७ सम्ममा कुल एच आई भी संक्रमित मध्य ५९ प्रतिसत ( २ करोड १७ लाक) मात्र एआरभी उपचारमा छन्।
यसैगरी २०१० तुलनामा सन २०१७ सम्म नेपालमा ६१ प्रतिसतले नयाँ संक्रमण घटेको छ भने ६३ प्रतिसतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएको छ।
स्वास्थ्य सेवा बिभाग