काठमाडौं । प्राइम कमर्सियल बैंकले धनगढी उपमहानगरपालिकामा ६६औं शाखा कार्यालय विस्तार गरी शुभारम्भ गरेको छ ।
उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरेका छन् ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियाे ।
बैंकले यस कार्यलाई निरन्तरता दिंदै आगामी दिनहरुमा पनि थप शाखाहरुको संजाल विस्तार गरि सेवा दिने प्रतिवद्धता प्रकट गरेको छ ।
साथै, बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई ग्राहकमुखी बनाउने जनाएकाे छ ।
