काठमाडौं । नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । देशभरका करिब ५० फिजियोथेरापीस्टको उपस्थिती रहेको उक्त कार्यक्रममा अस्पतालको प्रबन्ध निर्देशक डा.समता प्रसादले उद्घाटन गरेका हुन् ।
नेप्टाका अध्यक्ष तथा नेप्टाकनका वैज्ञानिक सत्रका संयोजक सहित ४ अन्तराष्ट्रिय फिजोथेरापिष्टको मुख्य उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा युनिभर्सीटी अफ मेलवर्नबाट आएका सहायक प्राध्यापक स्याली कोवान र डा. मार्गारेट शेरवुन, युनिभर्सीटी अफ सिड्नीबाट डा. ड्यारेन रिड, र मास्ट्रिच युनिभर्सीटी, नेदरल्यनण्ड्सबाट प्रा.डा. युगीन रामेक्रस उपस्थित रहेको थियो ।
मस्कोलोस्केलेटल, महिला स्वास्थ्यमा फिजियोथेरापी, र बालबालिकाका फिजियोथेरापीको विषयमा प्रस्तुती दिएका थिए । कार्यक्रम काठमाण्डौं विश्वविद्यालय र शंकर होटलमा गरि ३ दिनसम्म आयोजना हुने भएको छ ।