ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटलबीच उपचार सेवामा छुट दिने सम्झौता

<p>काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले हाल १३२ शाखा, १४१ एटिएम,६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर ,१०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।

उक्त सम्झौता पश्चात नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट,क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।

 

Share News