काठमाडौं। काठमाडौं महानगरपालिकाले २४औँ महानगर दिवसको अवसर पारेर खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गर्ने भएको छ । दिवसलाई मंसिर २९ गते भव्य रुपमा मनाउने कार्यक्रम अन्तर्गत खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गरिएको महानगरपालिका अन्तरर्गतको शिक्षा विभागले जनाएको हो । साहित्यानुरागिहरुको जानकारीको लागि विभागले सूचना प्रकाशित गरेको छ ।
‘मेरो काठमाडौं महानगर’ शीर्षकमा रहेर निबन्धको प्रतिशप्रधा हुनेछ । त्यसको लागि निबन्ध मंसिर २५ गते कार्यालय समयभित्र काठमाडौं महानगर, शिक्षा विभाग ताहाचल वा ईमेल [email protected] मा पठाइसक्नु पर्ने काठमाडौं महानगरपालिका, शिक्षा विभागले सूचनामा उल्लेख गरेको छ ।
निबन्ध प्रतियोगीतामा प्रथम हुनेलाई ४०,००० र प्रमाणपत्र पुरस्कार दिइने भएको छ । त्यस्तै, प्रतियोगीतामा द्धितीय हुनेलाई ३०,००० र प्रमाणपत्र तथा तृतीय हुनेलाई २०,००० र प्रमाणपत्र सहित पुरस्कारको व्यवस्था गरिएको छ ।
निबन्ध पठाउदा प्रथम पृष्ठमा लेखकको नाम, थर, ठेगाना तथा सम्पर्क नम्बरसहितको विवरण लेख्नुपर्ने छ । तर, निबन्ध लेखिएको भित्री पृष्ठहरुमा भने नाम थर उल्लेख गर्न नपाइने विभागले जनाएको छ ।
यसैबीच, २४औँ महानगर दिवसका उपलक्ष्यमा महानगर शिक्षा विभागले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षकहरुको कविता प्रतियोगीता, माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निवन्ध प्रतियोगीता तथा आधारभूत तहका विद्यार्थीहरुको साँस्कृतिक कार्यक्रमहरुलाई भव्यरुपमा मनाउने सूचना सम्बन्धित भने स्रोत केन्द्र वा शिक्षा विभाग, ताहाचलमा सम्पर्क गर्न विभागले सूचित समेत गरेको छ ।
