उपचारको भौतिक पूर्वाधार तयार, रोग लाग्न नदिने उपायका विषयमा गम्भीर : मन्त्री घिमिरे

<p>&nbsp; काठमाडौं । राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको भन्दै प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले जनाएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयले इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही मतभिन्नता देखिए पनि [&hellip;]</p>

 

काठमाडौं । राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको भन्दै प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले जनाएका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयले इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही मतभिन्नता देखिए पनि हट्दै जाने बताएका छन् ।

मन्त्री घिमिरेले देशमा स्वास्थ्य उपचारको भौतिक पूर्वाधार तयार गरेको तर रोग लाग्न नदिने उपायका विषयमा गम्भीर हुन सकेनौँ भन्दै अब रोग लाग्न नदिने विषयमा स्वास्थ्य क्षेत्रमा लागेका सबै सक्रिय हुनु आवश्यक रहेको जानकारी दिएका छन् । सङ्घीय, प्रादेशिक र स्थानीय तह सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।

आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुलीले मानव स्वास्थ्यका क्षेत्रमा देखिएको समस्या न्यूनीकरणमा सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने छ । मन्त्रालयका सचिव हरिप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो तीन दिने गोष्ठीमा मन्त्रालयका निर्देशक मोदराज डोटेलले प्रदेश नं १ को स्वास्थ्य अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका छन् । रासस

Share News