एनआईसी एशिया बैंक सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा

<p>काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा २ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । उक्त खाँडिचौर शाखाको उद्घाटन बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री तथा पाँचखाल शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेको छन् । हाल बैंकको शाखा संख्या २६६ पुगेको छ । त्यस्तै, बैंकले २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुपाल्चोकको खाँडिचौर र पाँचखालमा २ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । उक्त खाँडिचौर शाखाको उद्घाटन बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री तथा पाँचखाल शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेको छन् ।

हाल बैंकको शाखा संख्या २६६ पुगेको छ । त्यस्तै, बैंकले २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Share News