काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ करोड ६१ लाख ३० हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा इन्स्योरेन्सले ४ करोड ४८ लाख ५५ हजार रुपैंया आम्दानी गरी १ करोड ९७ लाख २५ हजार खर्चदा उक्त परिमाणको नाफा आर्जन गरेको हो ।
एकीकृत आयव्यय हिसाबतर्फ इन्स्योरेन्सले खुद बीमा शुल्क, पुनर्बीमा कमिशन आय र लगानीबाट प्राप्त हुने आय गरी कुल ४४ करोड ५५ लाख ९३ हजार आम्दानी र दाबी भुक्तानी, अभिकर्ता कमिसन, पुनर्बीमा कमिसन, सेवा शुल्क, व्यवस्थापन शुल्कजस्ता शीर्षकहरुमा कुल ४१ करोड ५४ लाख ५६ हजार खर्च गरेको छ । याे खर्च इन्स्याेरेन्सले छुट्याएकाे जाेखिम तथा अन्य व्यवस्थाबाट गरिएकाे हाे ।
अघिल्लो वर्ष शाखा एवं बजार विस्तारमा आक्रामक नीति लिएको आइएमई जनरल इन्स्योरेन्ससँग हाल २० हजार ३ सय ८७ बीमितहरु बीमालेख कायम छन् । उक्त वृद्धिदर अघिल्लो वर्षको सोही समयको तुलनामा करिब ३३ प्रतिशत बढी हो । त्यसमध्ये २ हजार २ सय २७ जनाले बीमालेख नवीकरण गरेको उल्लेख गरिएको छ ।
इन्स्योरेन्सले तीन महिनाको अवधिमा ५६० बीमितहरुलाई ७ करोड ३२ लाख ६३ हजार दाबी भुक्तानी गर्दा अब इन्स्योरेन्ससँग १४ सय ८६ बीमितका २३ करोड १६ लाख ९७ हजार रुपैंया बराबरका मागदाबी विचाराधीन अवस्थामा छन् ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९.३६ रुपैंया, मूल्य आम्दानी अनुपात ३९.३८ प्रतिशेयर नेटवर्थ १५९.३३ रुपैंया र प्रतिशेयर कुल सम्पत्ति मूल्य २९१.१५ रुपैंया छ । हाल ५४ कराेड चुक्ता पुँजी छ भने जगेडा काेषकाे अाकार १३ कराेड ९३ लाख छ ।