
काठमाडौं । अब जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड(जिआईसी नेपाल)को निर्जीवन बीमा सेवा सुबिधा कैलाश विकास बैंकबाट पाइने भएको छ । मंगलबार दुई संस्थाबीच उक्त बैंकास्योरेन्स सेवा दिने सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात अब बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकका जुनसुकै शाखा कार्यालयबाट लिन सक्नेछन् ।